१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर २ मा वाम गठबन्धनको विजयी



२४ मंसिर, भक्तपुर ।
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार महेश बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गरे ।

गएराति अबेर सम्पन्न मतगणनामा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका ढुंगानाले १८ हजार ६८७ मत प्राप्त गरे । त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले पाँच हजार ४७१ मत प्राप्त गरिन् ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार एमालेका शशिजंग थापा र प्रदेशसभा २ मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

प्रदेशसभा १ मा एमालेका थापाले कांग्रेसका अंगत खड्कालाई १० हजार ४०० मतान्तरले पराजित गरे । एमालेका थापाले १९ हजार ५१५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले नौ हजार ११५ मा चित्त बुझाए ।

यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले कांग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराए । एमालेका श्रेष्ठले १४ हजार २२९ मत ल्याएर विजयी हुँदा कांग्रेसका चक्रधरले ११ हजार ५३८ मा चित्त बुझाए ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००