१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको विषेशता अधिकारसम्पन्न स्थानीय निकायः प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दहालले अधिकारसम्पन्न स्थानीय तह नयाँ संविधानको विषेशता भएको बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अको¥याब) ले विश्व रेडियो दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले नयाँ संविधानले नागरिकलाई अधिकारसम्पन्न बनाएको बताए ।

गाउँपालिका र नगरपालिकालाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिइएको र यस्तो अभ्यास मुलुकको इतिहासमै पहिलोचोटी भएको बताए । स्थानीय तह अधिकारसम्पन्न हुँदा नागरिक पनि अधिकारसम्पन्न हुने दहालले बताए । साथै, स्थानीय तहले पाएको अधिकारलाई कार्यान्वयन गर्न पनि त्यत्तिकै चुनौति रहेको उनले बताए ।

संविधानले दिएको अधिकार उपयोग गर्न स्थानीय निर्वाचन आवश्यक रहेको र त्यसका लागी सरकार आवश्यक तयारीमा जुटिरहेको पनि उनले बताए । “सिंहदरबारको अधिकार तल दिनै हुन्न भन्ने एकथरी मान्छे अहिले पनि स्थानीय तहलाई अधिकारविहीन बनाउने प्रयासमा छन्,” उनले भने, “त्यसैले कतिपय व्यवहारिक अफ्ठेरोका बाबजुद सरकार स्थानीय चुनावको तयारीमा छ ।” मुलुकको एकता र राष्ट्रिय स्वधीनतालाई सुदृढ बनाउन पनि आगामी माघसम्मा स्थानीय तह, प्रान्त र संघको चुनाव गरिसक्नु पर्ने उनले बताए । साथै, तीन वटा चुनावपछि मुलुकले आर्थिक विकास गर्ने उनको दाबी छ । चुनाव गर्न नसके मुलुक दुर्घटनातर्फ उन्मुख हुने उनले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७३, सोमबार ००:००