१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम १ मा नेता खनाल विजयी



२४ मंसिर, इलाम ।
इलाम क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मत सहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे । खनालले कट्टेललाई १७ हजार १७० मतले पछि पारेका हुन् । क्षेत्र नं १ मा ६४ हजार ५१२ मत खसेको थियो ।

प्रदेशसभा २ ख मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागतेले १७ हजार ९८६ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००