१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा कांग्रेस



२३ मसिर, डडेल्धुरा ।
डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहेका छन् । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएका छन् भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् ।

प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि छन् भने उनलाई कांग्रेसका रघुवर भट्टले ४ हजार ५०२ मतले पछ्याइरहेका छन् । प्रदेश २ मा नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि छन् भने उनलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ्याइरहेका छन् ।

दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश क मा वामका उम्मेदवार अगाडि रहेका छन् भने प्रदेश ख मा नेपाली कांग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहेका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००