८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा वाम गठबन्धनको अग्रता कायमै



२३ मंसिर, पोखरा ।
प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका यज्ञबहादुर थापाले आठ हजार ७०१ मतले पछ्याइरहेका छन् ।

कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका देवराज चालिसेले आठ हजार ९४३ मतसहित पछ्याइरहेका छन् ।

त्यसस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले ११ हजार ७३७ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका शुक्रराज शर्माले नौ हजार ५९३ मत सहित पछ्याइरहेका छन् ।

तीन वटा निर्वाचन क्षेत्र भएको जिल्लाका कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो । प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००