१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा ओली र लिङ्देन अगाडि



२३ मंसिर, भद्रपुर ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ ।

पछिल्लो मतगणनानुसार निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्कीले ११ हजार ४७ तथा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १० हजार २६५ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका पवित्रा निरौला खरेलले सात हजार ३०५ तथा कांग्रेसका उद्धव थापाले चार हजार ९६२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ३ मा नेकपा एमाले समर्थित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले ११ हजार १५ तथा कांग्रेसका कृष्णप्रसाद सिटौलाले आठ हजार ५९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ४ मा वाम गठबन्धनका एलपी साँबाले १२ हजार ७४२ र कांग्रेसका देउकुमार थेवेले सात हजार ७७५ मत प्राप्त गरेका छन् । क्षेत्र नं ५ मा वाम गठबन्धनका केपी शर्मा ओलीले १२ हजार ६८८ र कांग्रेसका डा खगेन्द्र अधिकारीले पाँच हजार ४७५ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००