१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर क्षेत्र नं १ मा कांग्रेस र २ मा एमाले अगाडि, दुवै प्रदेशसभामा एमाले अगाडि



२३ मंसिर, भक्तपुर ।
प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं १ मा नेपाली कांग्रेस र क्षेत्र नं २ मा नेकपा एमालेले अग्रस्थान लिएका छन् ।

एघार हजार ५९५ मतगणना हुँदासम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका बाबुराजा जोशी तीन हजार ६२९ मतका साथ अग्रस्थानमा छन् । वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मिलन सुवाल र तीन हजार ३५१, नेमकिपाका प्रेम सुवालले तीन हजार ५४५ तथा विवेकशील साझा पार्टीका दिनेश न्यौपानेले १४१ मत ल्याएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र १ प्रदेशसभा क मा नेकपा एमालेका हरिशरण लामिछाने दुई हजार २५७, कांग्रेसका जीवन खत्रीले एक हजार ७०२, नेमकिपाका नीरज लवजूले ४०४ मत र माओवादी केन्द्रका डिपी ढकालले ६१ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश ख मा नेमकिपाका सुरेन्द्रराज गोसाईंले एक हजार ७४५ एमालेका रोमन शिलाकारले ८४८ र कांग्रेसका अनिल भुजुले ६४७ मत ल्याएका छन् । मतगणना जारी छ ।

यता भक्तपुर २ मा प्रतिनिधिसभातर्फ एमालेले शुरुदेखि नै अग्रता लिएको छ । पछिल्लो १९ हजार ३५४ मतगणना हुँदा एमालेका महेश बस्नेतले १४ हजार ५५६ र कांग्रेसका दमननाथ ढुंगानाले सात हजार ४८४ मत ल्याएका छन् । त्यसैगरी विवेकशील साझा पार्टीका शशीविक्रम कार्कीले ८२३ र नेमकिपाका अनुराधा थापा मगरले ५९९ मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ प्रदेश क मा एमालेका शशीजंग थापाले छ हजार ६०३, कांग्रेसका अंगद खड्काले तीन हजार ९५, विवेकशील साझाका रमेश राईले ३८० र नेमकिपाका सरोजराज गोसाईंले २०० मत ल्याएका छन् ।

प्रदेश ख मा एमालेका राजेन्द्रमान श्रेष्ठले तीन हजार २३ मत, कांग्रेसका गणेशमान चक्रधरले एक हजार ९२४, विवेकशील साझाका रामभक्त बाँडेले ३४४ र नेमकिपाका प्रेमजंग थापा श्रेष्ठले १४५ मत ल्याएका छन् । मत गणना जारी छ ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००