११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा वाम गठबन्धनका बम विजयी, गोर्खामा डा भट्टराई १६ सय मतले अगाडि



२२ मंसिर
मुगु— मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गरे ।

त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसंगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ ।

गोरखा— प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार अपराह्न ४ बजेसम्म गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा अगाडि छन् ।

बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याएका छन् । गोरखा २ का दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अघि छन् । प्रदेश २ क मा नयाँ शक्तिका हरिशरण आचार्यले पाँच हजार ६०३ मत ल्याउँदा माओवादी केन्द्रकी कमला नहर्कीले पाँच हजार ५५६ मत ल्याएकी छन् ।

गोरखा २ ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी माओवादी केन्द्रभन्दा छ हजार ६५२ मतका साथ अघि छन् । माओवादी केन्द्रका अमर तमुले पाँच हजार २२३ मत ल्याएका छन् ।

गोरखा १ मा माओवादी केन्द्रका हरिराज अधिकारीले छ हजार ३५८ र कांग्रेसका चीनकाजी श्रेष्ठले पाँच हजार ४०६ मत ल्याएका छन् । अहिलेसम्म १३ हजार ६३९ मत गणना गरिएको छ ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००