७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ ९ मा एमाले, १० मा कांग्रेसको अग्रता



२२ मंसिर, काठमाडौँ ।
काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा एमाले का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौँ ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीतले ९३८ मत प्राप्त गरेको काठमाडौँ क्षेत्र नं ९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिए । त्यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गरेका छन् । काठमाडौँ ९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८।४७ प्रतिशत मात्रै मत खसेको हो ।

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गरेका छन् ।

काठमाडौँ १० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७।३९ प्रतिशत खसेको छ । काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००