२२ मंसिर, काठमाडौँ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन् ।
प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ ।
त्यसैबीच काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना केहीबेर अघि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरु भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।
रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।