१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि



२१ मंसिर, रसुवा ।
जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा एमालेका जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ७३५ मत प्राप्त गरेका छन् ।

बाजुरा– जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा कांग्रेसका कविराज पण्डितले ४७७ र वाम गठबन्धनबाट एमालेका लालबहादुर थापाले ४७७ मत प्राप्त गरेका छन् ।

नुवाकोट– प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ । साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

कुल छ पदका लागि ४६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यही मंसिर १० गते भएको मतदानमा दुई लाख आठ हजार १९१ मतदातामध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहिबार ००:००