१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुक्क भएर मतदान गर्नुस्ः प्रजिअ



२० मंसिर, भक्तपुर ।
यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरिएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ द्रोण पोखरेलले जिल्लामा छिटफुट घटना भए पनि तीन चरणमा सुरक्षाको व्यवस्था गरिएको बताए । मतदानस्थल एवं मतदान केन्द्रमा आवश्यकतानुसार सुरक्षाकर्मीको व्यवस्था गरिएको र प्रत्येक मतदानस्थलमा कुनै पनि घटना भएमा पाँच मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी सुरक्षाको व्यवस्था गरिएको उनले मंगलबार बताए ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तैनाथ हुनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । निर्वाचनमा चार वटै सुरक्षा निकायका दुई हजार दुई सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ भएको बताइएको छ ।

त्यसैगरी मतदानस्थलमा आवश्यक कर्मचारी खटिइसकेका छन् । कूल दुई हजार ५०४ कर्मचारीलाई निर्वाचनमा खटाइएको छ । भक्तपुरका ७८ मतदानस्थलमा २०९ मतदान केन्द्र छन् । तीमध्ये ३४ मतदानस्थल संवेदनशील छन् ।

जिल्लामा कूल एक लाख ७८ हजार ९५ जना मतदाता छन् । सोअनुसार निर्वाचन क्षेत्र नं १ मा ९४ हजार १६४ र क्षेत्र नं २ मा ८३ हजार ९३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा ४३ हजार ५५२ र प्रदेश नं ख मा ५० हजार ६१२ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेश क मा ४४ हजार ८९ र प्रदेश ख मा ३९ हजार ८४६ मतदाता छन् ।
रासस

प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ००:००