१८ मंसिर, नेपालगन्ज ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजेदेखि बन्द हुने भएको छ ।
दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासंग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिए ।
उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्र अन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ ।
रासस
प्रतिक्रिया