८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलडीओको जवाफ– उहाँहरूलाई खाना खुवाएँ, गाडी पठाएँ, रङरोगन गर्न २५ हजार दिएँ, मर्यदापूर्वक व्यवहार गरें



रञ्जित तामाङ,

नेपाल परिवार दलका सांसद हरिचरण साहले रौतहट क्षेत्र नं. १ को निर्वाचन क्षेत्र विकास कार्यक्रममा आफूलाई संयोजक नबनाएको भन्दै कारवाही गर्न सरकारलाई उजुरी गरे । गत पुस ९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उजुरी दिए । मन्त्रालयले पुस २ गते ‘के भएको हो ? त्यसबारे जानकारी गराउन’ रौतहटका स्थानीय विकास अधिकारी (एलडीओ) उमेश बस्नेतलाई निर्देशन दिए । कुनै जवाफ नआएको भन्दै साहले माघ ७ गते फेरी उस्तै प्रकृतिको उजुरी दिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिको संयोजक छनोटबारे जानकारी नदिइएको र कस्ता योजना छनोट भए भन्ने पनि जानकारी नभएकाले कारवाही गर्न साहले माग गरेका थिए ।

 

एलडीओले बस्नेतले २१ गते मन्त्रालयलाई अाैपचारिक पत्रमार्फत जानकारी गराए । मन्त्रालयलाई लेखेको पत्रमा साहकाे दाबीमा कुनै सत्यता नरहेको, उल्टै जिविसले साहलाई लागी सिमरा एयरर्पोटसम्म आउन जान जिविसको गाडी पठाएको, साहसँगै आएका साथीहरूलाई जिविसले खाना खुवाएको उल्लेख छ । यसैगरि, साहलाई पटक–पटक इन्धन दिएको, साहले बनाएको सामुदायिक भवनमा रङरोगन गर्न २५ हजार दिएको र जिविस आउँदा साहलाई मर्यादापूर्वक व्यवहार गरेको उल्लेख छ ।

सांसद साहको अन्य गुनासो प्रत्यक्षतर्फका सांसद माधव नेपाललाई जानकारी गराईसकेको, योजना कार्यान्व्यनमा सांसदहरूको भमिका महत्वपूर्ण रहने जनाउँदै जिविसले इमान्दारपूर्वक काम गरिरहेको पत्रमा उल्लेख छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको बैठकका लागी कात्तिक ३० गते माधव नेपाल रौतहट जाने निश्चित भएको थियो । तर सिमराको फ्लाईट रद्द भएपछि नेपाल बैठकमा उपस्थित हुन सकेनन् ।

नेपाल उपस्थित नभए पनि बैठक बसेको र साह पनि उपस्थित भएको पत्रमा उल्लेख छ । यसैगरि, मंसिर २९ गतेको सांसदहरू साहसहित माधव नेपाल र डिम्पलकुमारी झा उपस्थित भएको पनि पत्रमा उल्लेख छ । ज्येष्ठ सदस्यको हैसियतले सांसद साह संयोजक पनि रहेको उल्लेख छ । सांसद साहले बैठकको निर्णयहरू र योजना बिबरणको सबै पाना मोबाइलबाट फोटो खिचेर राखेकाले भ्रामक आरोप भएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०७३, सोमबार ००:००