८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले भन्यो– आचारसहिंताभित्रै नै प्रचारप्रसार



१३ मंसिर, काठमाडौँ ।
नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ ।

एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसहिंताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्ने हुन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

एमालेले चुनाव चिन्ह वा शीर्ष नेताहरूको तस्वीरसहितको कुनै पनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ । निर्वाचन आचारसहिंता विपरीत कार्य गरेको भन्दै आयोगले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसंग स्पष्टीकरण माग गरेको थियो ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ००:००