१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ



१२ मंसिर, राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले राजविराज कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले बिहान फेला पारी निष्क्रिय पारेको छ ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेका थिए ।

पक्राउ परेकाबाट बताइएअनुसार राखिएको स्थानमा रहेको बम नेपाली सेनासहितको टोलीले निष्क्रिय पारेको प्रहरी उपरीक्षक सिंहले बताए ।

उनीहरुको साथबाट बम पड्काउने अत्याधुनिक रिमोट कन्ट्रोलका साथै करिब पाँच लिटरको प्रेसरकुकरमा बम राखिएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटन गराउने योजना रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका अभियुक्तलाई नियन्त्रमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिएका छन् ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार ००:००