७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो



११ मंसिर, गोरखा ।
उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत सोमबार गोरखा सदरमुकाम ल्याइएको छ ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता चूडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा लगायतको टोली उत्तरी गोरखा पुगेका थिए ।

यसअघि निर्वाचन गराउन मतदानका लागि आवश्यक सामग्री र मतदान अधिकृतलाई हेलिकप्टरबाट उत्तरी गोरखा पठाइएको थियो । गोरखामा आइतबार सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ । स्थानीय तह निर्वाचनमा यहाँ ७२ प्रतिशत मत खसेको थियो ।

चुमनुब्रीका विभिन्न २० वटा र धार्चे गाउँपालिकाका आठवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए । सडकमार्ग र हवाईमार्गबाट ल्याइएका मतपेटिका सुरक्षित तवरले भण्डारण गरिएको छ । मंसिर २१ गतेदेखि मतगणना शुरु हुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा कम मत खस्नुको कारणमध्ये राजधानी लगायत अन्य क्षेत्रमा रोजगारीमा रहेकाहरुले बिदा नपाउनु र वर्णानुक्रम अनुसार मतदातालाई साविकको भन्दा फरक केन्द्रमा पुगेर मतदान गर्नुपर्ने जस्ता झन्झटले कम मत खसेको हो ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:००