१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि, पर्यटन र संस्कृतिको विकासमा लागिपर्ने नेता केसीको प्रतिबद्धता



१० मंसिर, काठमाडौँ ।
युवा तथा खेलकुदमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले कांग्रेसले अवलम्बन गरेको आर्थिक समृद्धिको अभियानले मात्र मुलुकको विकास सम्भव रहेको बताएका छन् ।

कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभामा सदस्यमा प्रत्यक्ष उम्मेदवार केसीले आफ्नो क्षेत्रमा कृषिमा आधुनिकीकरण गरी वैदेशिक रोजगारीमा जाने युवालाई समावेश गराउँदै आर्थिक समृद्धिको योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

चुनावी घरदैलोको क्रममा दक्षिणकाली नगरपालिका ९ मा उनले कृषि, पर्यटन र सांस्कृतिक रुपमा आफ्नो क्षेत्र धनी भएकाले त्यसको विकास र विस्तारमा लागिपर्ने बताए । उनले भने, “मुलुकको हरेक राजनीतिक परिवर्तन गर्न कांग्रेसले भूमिका खेलेजस्तै देशको समृद्धिका लागि पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्छ ।’’ स्थानीय मतदाताले बाटो व्यवस्थित गर्नुपर्ने, रोजगारीको अवसर दिनुपर्ने माग गरेका थिए ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००