१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाम गठबन्धनको स्थिर सरकारले मुलुकमा परिवर्तन ल्याउनेः नेता नेपाल



१० मंसिर, काठमाडौ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताएका छन् ।

काठमाडौ क्षेत्र नं। २ बाट प्रतिनिधिसभका लागि उम्मेदवार बनेका नेपाले काठमाडौ महानगरपालिकाको वडा नं। ३२ मा आयोजित घरदैलो अभियानमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने र बहुमतको स्थिर सरकारले नै मुलुकमा परिवर्तन ल्याउने दाबी गरे ।

काठमाडौको विकास र निर्माणका लागि आफू प्रतिवद्ध रहेको चर्चा गर्द उनले भने ‘‘काठमाडौको विकास जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन, अवको निर्वाचनपछि यहाँको विकासले तीव्रता पाउँछ ।’’

वडा नं। ३२ को सुविधानगर गैरीधारा, वासुकीनगर क्षेत्रका मतदातासंग भोट माग्दै हिडेका नेता नेपालले फेरि पनि आफूलाई जिताउन आग्रह गरेको वडा नं। ३२ का सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक राजेन्द्र न्यौपानले बताए । उनले शंखरापुर नगरपालिका वडा नं। ९ लगायतका स्थानमा पनि घरदैलो कार्यक्रम गरेका थिए ।

विसं। २०७० मा काठमाडौ क्षेत्र नं। २ बाट निर्वाचित भएका नेता नेपाल पुनः सोही क्षेत्रबाट यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

उम्मेदवारी दर्तासंगै चुनावी प्रचारप्रसारमा व्यस्त रहेका नेपालले अहिलेसम्म १७ वटा वडामध्ये ९ वटा वडामा घरदैलो गरिसकेका छन् ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००