१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु



१० मंसिर, पोखरा ।
दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ । चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँच हजार ८८१ मतदाता रहेका छन् । मतदानका लागि २०५ जना कर्मचारी खटिएका छन् ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र गरी प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्रमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै मुस्ताङका ३७ वटै मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान प्रकृया शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए । निर्वाचनका लागि २६१ जना कर्मचारी खटिएका छन् ।

नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिक गरी ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००