६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि विश्वविद्यालय स्थापना गर्ने कांग्रेसको प्रतिबद्धता



७ मंसिर, दाङ ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्रमा कोखदेखि शोकसम्म नेपाली कांग्रेस आम मतदाताबीच रहने भन्दै पश्चिम दाङको मुहार फेर्न समृद्धिका विभिन्न योजना अघि सारिएको छ ।

प्रतिबद्धतापत्रमा पश्चिम दाङलाइ जोइनिङ सिटीका रुपमा विकास गर्न तुलसीपुरको विमानस्थललाई राष्ट्रियस्तरको विमानस्थल बनाउनेदेखि पश्चिम दाङमा आगामी पाँच वर्षभित्र कृषि विश्वविद्यालय स्थापना गर्नेसमेत प्रतिबद्धतामा जनाइएको छ ।

प्रतिबद्धतापत्रमा स्वास्थ्य क्षेत्रमा गर्भवतीदेखि सुत्केरी भएसम्मका महिलाका लागि पोषण कुपन, शैक्षिक संस्थामा प्रोत्साहन पुरस्कार, अनिवार्य स्वास्थ्य बिमा, हरेक स्वास्थ्य चौकीमा सयथरिका औषधि निःशुल्क, ज्येष्ठ नागरिकका लागि सेवा आश्रम गरिबीका लागि कम्तीमा वर्षमा सय दिनको रोजगारी अनिवार्य गराइने उल्लेख गरिएको छ ।

त्यसैगरी तुलसीपुर–सुर्खेत सडकको एक वर्षभित्रै कालोपत्रसहित जिल्लाका सहायक राजमार्गलाई आउँदो पाँच वर्षभित्र छ लेनका रुपमा स्तरवृद्धि गर्नेसमेत उल्लेख गरिएको छ ।

“यो सानो घोषणापत्रमा हाम्रा सबै योजना अटेका छैनन्, हाम्रा विकास निर्माणका सबै योजना समेट्न एउटा सय पेजको किताब बनाउनुपर्छ,” चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक गिरीले भने ।

त्यस्तै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ ‘क’ का उम्मेदवार श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीले हरेक खेतमा पानी र हरेक खोलामा पक्की पुलको अभियान नेपाली कांग्रेसको भएको भन्दै टरीगाउँको विमानस्थललाई स्तरोन्नति गरी राष्ट्रियस्तरको विमानस्थल बनाउने बताए ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००