८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस सचिव भन्छन्ः माग पुरा नभएसम्म काममा फर्किन्नौं



गाविस सचिवहरूले आफ्नो माग पुरा नभएसम्म काममा नफर्किने बताएका छन् । कार्यसम्पादन भत्ता पाउने निश्चित नभएसम्म काममा नफर्किने गाविस सचिव हकहित संरक्षण केन्द्र मञ्चका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेले बताए । अब कार्यान्वयन बन्ने स्थानीय तहमा पनि  सचिवहरूकाे योग्यताअनुसार समायोजन हुनु पर्ने पनि मुख्य माग रहेको काफ्लेले बताए । विहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसँग भेटेर काममा नफर्किने जानकारी दिएका हुन् ।

“भत्ता दिन अर्थ मन्त्रालय होइन, हाम्रै मन्त्रालयले चाहेको छैन । अब बन्ने स्थानीय तहमा पनि गाविस सचिवलाई वडा सचिवमा सिमित पार्दैछ,” काफ्लेले भने, “भत्ता पाउने निश्चित हुनुप¥यो । योग्यताअनुसारको समायोजन गर्ने ग्यारेन्टी चाहियो । होइन भने, काममा फर्किन्नौं ।” स्थानीय तहमै बस्ने हो भने एकतह बढुवा पनि हुनु पर्ने काफ्लेको जिकीर छ ।

यता मन्त्रालयले भने सचिवहरूको माग संबोधन गर्न अन्तरमन्त्रालय समन्वय हुनु परेकाले निर्णण भई नसकेको जनाएको छ । साथै, गाविस सचिवहरूकाे मागप्रति मन्त्रालय सकरात्मक रहेको पनि जनाएको छ । विहीबार अपह्रान्न प्रेस विज्ञेप्ति जारी गर्दै सचिवहरूलाई काममा फर्किन मन्त्रालयले आग्रह गरेको छ । “मन्त्रालय गम्भीर छैन । त्यस्तो हावादारी विज्ञप्तिको कुनै अर्थ छैन,” काफ्लेले भने, “ठोस निर्णय नहुन्जेल पत्याइन्न ।”

प्रकाशित मिति : २० माघ २०७३, बिहिबार ००:००