१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपल्लो डोल्पाको ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी



६ मंसिर, दुनै— डोल्पा ।
आगामी मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामा सम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका सरोकारवाला पक्षलाई तालीम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रततर्फ जान थालिसकेको र स्वयंसेवकले समेत गाउँगाउँमा पुगेर मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकारी विक्रम गिरीले भने, “जिल्लाको उत्तरी क्षेत्रमा रहेको विभिन्न मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपेटीका, मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री वितरण गर्ने काम भइरहेको र डोल्पाको उपल्लो क्षेत्रमा खटिएका कर्मचारी धमाधम त्यसतर्फ जान थालेका छन् ।” ।

उनका अनुसार सदरमुकामदेखि पाँच–छ दिन लाग्ने तिन्जे, मुकोट, साल्दाङ, छार्का, धोलगायतका साविकका गाविसमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारीलाई भने सेनाको हेलिकप्टरबाट लैजाने व्यवस्था गरिएको र तल्लो डोल्पाका मतदान केन्द्रका लागि पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी हिँड्ने तयारीमा छन् ।

आसन्न निवार्चनमा जिल्लाभरका ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा १८ हजार ९८९ मतदाता छन् ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००