६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महन्थ ठाकुरलाई बागी र वामको चुनौती



५ मंसिर, गौशाला ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ ।

सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसंगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा एमालेका उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान बढाएका छन् । अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिएका छन् ।

संयोजक ठाकुरले मधेशलाई अधिकार सम्पन्न, विभेद्बाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालीको चुनावमा मतदातालाई मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर सम्पूर्ण मधेशलाई मधेशीमय बनाउन आग्रह गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फकाउँदै छन् ।

उनी मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्छन् भने आफ्नो स्वभिमान, सम्मान र अधिकारको रक्षा केवल मधेश सरकारबाट हुने दाबी गर्दै मतदातालाई आफूलाई भोट हाल्न आग्रह गर्छन् ।

राजपा नेपालको समर्थनमा नेपाली कांग्रेसले समेत उम्मेदवारी फिर्ता लिएपछि आफू निर्वाचन जित्नेमा संयोजक ठाकुर विश्वस्त देखिएका छन् ।

राजपा नेपाल कै बागी उम्मेदवार चन्देश्वर झा आफू जित्ने दाबी गर्छन् । पूर्व सांसद चन्देश्वर झा आफूलाई यहाँको जनताले विकासका लागि स्वतन्त्ररुपमै उठ्नुस् भनेपछि उठेको र तीनै जनताले भोट हालेर जिताउने दाबी गर्छन् ।

त्यस्तै वामगठबन्धनबाट एमालेका उम्मेदवार विजयकुमार चौधरी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेले नै जितेकाले यसपाली पनि एमाले नै जित्ने दाबी गर्छन् । वाम एकतापछि आफ्नो संगठन बलियो भएको र आफू यस क्षेत्रमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उनको दाबी छ ।

उनी मधेश र मधेशीको अधिकारका लागि संविधान संशोधन जरुरी रहेको र त्यो काम केवल वामगठबन्धनबाट सम्भव भएको बताउछन् ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००