१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह सञ्चालन गर्न ‘नमुना कानुन’



सरकारले स्थानीय तह सञ्चालन गर्न नमुना कानुन जारी गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मिराज पाण्डेले नयाँ कानुन जारी गर्ने तयारी भइरहेको बताए ।

गाविस महासंघले आयोजना गरेको कार्यक्रममा पाण्डेले स्थानीय चुनाव नहुन्ञ्जेलसम्मका लागी कानुन बनाउन लागिएको बताए । “स्थानीय तहले आफ्नो कानुन आफैंले बनाउन पाउँछन् । तर तत्कालका लागी कानुन बनाउन जनप्रतिनिधी छैन,” उनले भने, “स्थानीय चुनाव नभएसम्म यो कानुन लागु हुनेछ । यो कनुनलाई जनप्रतिनिधीले संशोधन गर्न पनि सक्छन्, हुबहु लागु गर्न पनि सक्छन् वा नयाँ जारी गर्न सक्छन् ।”

पत्रकारहरूसँगको अन्तरकृयामा उनले गाउँपालिका र नगरपालिकाकाको अधिकार बराबर भएकाले सबै स्थानीय तहलाई एउटै कानुन जारी गर्ने उनले बताए । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दहालले ‘नमुना कानुन’ प्रति सचेत हुनुपर्ने बताए । संविधानले कानुन बनाउने अधिकार दिएको बताउँदै नमुना कानुनले स्थानीय तहको अधिकार संकुचन गराउन सक्ने आशंका गरे ।

प्रकाशित मिति : १७ माघ २०७३, सोमबार ००:००