८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन कार्यालय परिसरमा रहेको बम सेनाद्वारा निष्कृय



३ मंसिर, धादिङ ।
जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो ।

जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपालिका ३ धादिङबेँसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ । बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
रासस

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार ००:००