६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारद्वारा ७५३ स्थानीय तहको संख्या र सीमानाको विवरण सार्वजनिक (सूचीसहित)



काठमाडौं ।

सरकारले ७ सय ५३ स्थानीय तहको संख्या, सीमाना, जनसंख्या, केन्द्र, चारकिल्ला, वडा स्पष्ट खुल्ने गरि तयार पारेको विवरण पुस्तकमार्फत सार्वजनिक गरेको छ । पूर्वसचिव बालानन्द पौडेलको अध्यक्षतामा गठन भएको स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह गठन गर्न सरकारलाई सिफारिस गरेको थियो । पौडेल आयोगको सिफारिस पछि सरकारले थप २५ स्थानीय तह गठन गर्ने निर्णय ग¥यो । त्यसपछि स्थानीय तहको संख्या ७ सय ४४ पुग्यो ।

त्यसपछि पनि मधेसकेन्द्रित दलहरूलाई सहमत गराउन भन्दै प्रदेश नं. २ का जिल्लाहरूमा २०७३ चैतमा ९ वटा स्थानीय तह थप ग¥यो । त्यसपछि स्थानीय तहको संख्या ७ सय ५३ पुगेको छ । अहिले सबै स्थानीय तहमा निर्वाचन भइसकेको छ । राजनीति संक्रमणका कारण विभिन्न बहानामा स्थानीय तहको संख्या र सीमाना फेरबदल हुँदै आएको थियो । अब निर्वाचित जनप्रतिनिधी आइसके पछि फेरबदल भइराख्ने क्रम रोकिन्छ भन्नेमा आशावादी हुन सकिन्छ । केही बाध्यकारी अवस्थामा बाहेक जनप्रतिनिधीले आफू निर्वाचित भएको भूगोल अन्यत्र गाभ्ने वा अरूको भूगोल आफ्नोमा गाभ्ने काम गर्न चहाँदैनन् ।

संख्या र सिमाना फेरबदल नहुने देखेर होला ! सरकारले पनि स्थानीय तहको संख्या, सीमाना, जनसंख्या, केन्द्र, चारकिल्ला, वडाको बिबरण स्पष्ट खुल्ने गरि ४५२ पृष्ठको पुस्तक नै प्रकाशित गरेको छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) ले गाउपालिका, नगरपालिका र जिल्लाकाे नक्सासहित सार्वजनिक गरेको यस पुस्तकलाई ऐतिहासिक दस्तावेज मान्न सकिन्छ । किनकी बृहद किसिमले स्थानीय तहको पुनर्संरचना भएको २०१८ सालपछि अहिले नै हो । साविकका स्थानीय निकायहरूकाे पनि विवरण खुलाएर सार्वजनिक गरिएकाे यस पुस्तक जानकारीमुलक छ ।

२०१८ मा तत्कालिन राजा महेन्द्र शाह सक्रिय शासन रहेका बेला सरकारले त्यसबेलाको गढी, गौंडा, थुम, गोश्वाराजस्ता स्थानीय संरचना खारेज गरेर जिल्ला, नगर र गाउँ पञ्चायत गठन गरेको थियो । नाम र भूमिका मात्र केही परिर्वतन भए पनि पञ्चायतकालीन ती स्थानीय निकायहरू गत बर्षसम्म कायम थिए । साढे ५ दशक पछि भएको स्थानीय तहको स्पष्ट बिबरण खुल्ने गरि हालै प्रकाशित यो पुस्तक संग्रहणीय छ ।

बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ००:००