७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाले बैतडीमा चुनाबी सभामा सम्बाेधन गर्दै



१ मंसिर, बैतडी ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउने भएका छन् । नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ ।

दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिए ।

लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा नागरिकलाई जानकारी गराउन पार्टी सभापति एवं प्रधानमन्त्री आफैँ आउन लागेको सचिव बिष्टले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री देउवाले आज नै बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस, दार्चुलाले जनाएको छ ।

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने भएपछि बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षाको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

यसैगरी, वाम गठबन्धनले पनि चुनावनजिक आएसंगै केन्द्रीय नेताको उपस्थितिमा चुनावी सभा गर्ने जनाएको छ । आज बैतडीको देहीमाडौँमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिए ।

साना दलहरुले घरदैलोमार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफूले घरदैलोमार्फत चुनावी अभियान जारी राखेको विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणदत्त अवस्थीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ००:००