३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप

लेखक स्थानीय खबर १४ कार्तिक २०७४, मंगलबार २ मिनेट पढाइ


बनेपा
— १४ कात्तिक । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप भएको छ । स्थानीय तहको निर्वाचनताका ३०७ मतदान केन्द्र भएकामा ४३ मतदान केन्द्र थप भएर ३५० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदानस्थल १८९ कायम गरिएको छ ।

निर्वाचन अधिकृत मधुकर पोखरेलले मतदानस्थल वा मतदान केन्द्रका लागि जिल्लामा तीन हजार ८४८ कर्मचारी परिचालन हुने जानकारी दिँदै प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र फरक—फरक भए अझै ३५० कर्मचारी थप हुने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्बन्धी विभिन्न तयारी भइरहेको उल्लेख गर्दै निर्वाचन अधिकृत पोखरेलले चरणवद्धरूपमा तालीम, गोष्ठी पनि सञ्चालन हुने जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० गते पहिलोचरणमा र दोस्रोचरणमा मंसिर २१ गते हुँदैछ । त्यसैगरी जिल्लामा ४१ हजार ४४२ नयाँ मतदाता पनि थपिएका छन्, सो संख्यासंगै काभ्रेपलाञ्चोकमा कुल मतदाता दुई लाख ७२ हजार २९२ पुगेका छन् ।

स्थानीय निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्न वा नाम छुट भएकाले दर्ता गर्न आयोगले अनुरोध गरेका थिए ।

काभ्रेपलाञ्चोकमा एक हजार ५१६ म्यादी प्रहरी छनोट
यसैगरी निर्वाचनका लागि तीन हजार ४५५ म्यादी प्रहरीको आवेदन परेको काभ्रेपलाञ्चोकमा एक हजार ५१६ जना छनोट भएका छन् । छनोट भएकामध्ये एक हजार १९ पुरुष र ४९७ जना महिला छन् ।

काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ललितपुर, धादिङ र रसुवालगायतका जिल्लाबाट ५५ दिनका लागि म्यादी प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीभित्र प्रहरी जवानका लागि चाहिने आवश्यक मापदण्ड अपनाएर छनोट गरेका हौ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले भने । उनीहरूलाई आइतबारदेखि नै निर्वाचन सुरक्षा, संवैधानिक व्यवस्थालगायतका विभिन्न विषयमा दुई सातासम्म तालीम दिइने छ ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।