३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेँशीसहर–चामे सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

लेखक स्थानीय खबर ११ जेष्ठ २०७५, शुक्रबार १ मिनेट पढाइ

 

११ जेठ, मनाङ ।
बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो ।

आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताए ।

बेँशीसहर–चामे सडक स्तरोन्नतिको काम २०७४ भदौदेखि थाल्ने सम्झौता भएको थियो । सो कार्य कान्छाराम कन्सल्टेन्सीलाई २२ करोडमा ठेक्का दिइएको थियो । उक्त कन्सल्टेन्सीले सझौता अनुसार सडक मर्मतको काम गरिरहेको अवस्थामा सडक डिभिजन कार्यालय दमौलीले काम गर्न रोक लगाएको छ ।

विसं २०७५ असार मसान्तसम्ममा काम सक्ने सम्झौता अनुसार काम थालेको सडक स्तरोन्नतिको काम २०७४ फागुनदेखि सडक डिभिजन कार्यालयले रोक्का गरेको छ ।

उक्त कार्यको चिनीयाँ कम्पनीले सडक डिभिजनसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए । “जेठ मसान्तसम्म चिनीयाँ कम्पनीसँग सम्झौता हुन्छ,” उनले भने ।
रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।