४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुदीखोलाको बेली ब्रिज जीर्ण भएपछी सवारी आवागमन बन्द

लेखक स्थानीय खबर २७ फाल्गुन २०७४, आइतबार १ मिनेट पढाइ

२७ फागुन, लमजुङ ।
मर्स्याङ्दी गाउँपालिका ३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्ड अन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन् ।

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो । बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताए ।

सो जीर्ण पुलमा यसअघि पनि बालबालिका दुर्घटना पर्ने गरेका थिए । पुलको प्वालमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेका स्थानीयवासीले बताएका छन् । बेसीशहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले पाँच वर्षअघि सो बेली ब्रिज निर्माण गरेको थियो ।

१९ टन क्षमताको सो बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत हुँदा पुल भत्किएको स्थानीयवासी बताउँछन् । पुल मर्मतका लागि सडक डिभिजन कार्यालयमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकादेखि मनाङसम्म पुग्ने सवारी सोही पुलबाट जाने गर्दछन् ।
रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।