१२ फागुन, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिका– ४ र १६ जोड्न शान्तीगैरामा पक्की पुल निर्माण शुरु भएको छ ।
नगरपालिकाको करिब रु २१ लाखको लागतमा पुल निर्माणकार्य शुरु भएको देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बताए । पुल निर्माण भएपछि यस क्षेत्रका हजारांै स्थानीयवासी लाभान्वित हुने छन् ।
वडा नं ४ र १६ जोड्ने मुकुण्डे खोलाको सिरान शान्तीगैरामा पुल निर्माण शुरु भएको वडा न ४ का वडा अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । सुगम क्षेत्रदेखि दुर्गम क्षेत्र जोडेर ग्रामीण क्षेत्रको विकास गर्न नगरपालिकाकाे ग्रामीण क्षेत्रको विकासको कामअघि बढाइएको थापाले बताए । रासस



प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।