४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार करोडको लागतमा पक्की कुलो

लेखक स्थानीय खबर २७ पुस २०७४, बिहिबार १ मिनेट पढाइ

२७ पुस, इलाम ।
जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ । एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी ४ करोडको लागतमा पक्की कूलो निर्माण भइरहेको हो ।

आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानका लागि उक्त कुलो बरदान साबित हुने भएको छ । सिँचाइ विकास डिभिजन कार्यालयले सो कुलो निर्माण गर्न लागेको हो ।

गत वर्षदेखि कुलो निर्माण थालिएको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङ बताउछन् । देउमाई नगरपालिका र एकतप्पाबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पामा सिँचाइ सुविधा पुग्नेछ ।

करिब १२ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पाका एक हजार ५०० घरधुरी लाभान्वित हुने अध्यक्ष योङहाङ बताउछन् । अहिलेसम्म करिब चार किलोमिटर कुलो निर्माण भइसकेको छ ।

यहाँका किसानले कुलो निर्माण शुरु भएपछि राहत महसुश गरेका छन् । “सागसब्जी लगाउन पाइँदैनथ्यो, कुलो बनेपछि तरकारी उत्पादन शुरु गरेका छौँ,” योङहाङले भने ।

पाँचथर र इलामका गरी ८० जना मजदुर कुलो निर्माणमा जुटेका छन् । यहाँको रूपटार, पितामरूङ र खम्बुवा अन्नको भण्डार नै मानिन्छ । मलिलो माटो भएकाले उब्जनी पर्याप्त मात्रामा हुने गरेको वडा नं ७ का वडाध्यक्ष लोकबहादुर गोदारले बताए ।

करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सो कुलोले एकतप्पाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।