४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक विद्यालयकाे लगानी जलबिदयुतमा लगानी

लेखक स्थानीय खबर १५ पुस २०७४, शनिबार २ मिनेट पढाइ

प्रकाश सिलवाल

१५ पुस, काठमाडौं । के सामुदायिक विद्यालय कमजोर छन् भन्ने ठान्नुभएको छ ? कतिपय सामुदायिक विद्यालयको प्रगति देख्दा त्यस्तो ठान्नु नितान्त गलत हुनेछ । किनकी केही सामुदायिक विद्यालय जलविद्युत् आयोजनामा समेत लगानी गर्न सक्ने भइसकेका छन् ।

बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिकाशरण माविले म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा ९ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । कानूनीरुपमा शुल्क उठाउन नपाउने सामुदायिक विद्यालयले चन्दा सहयोग र अतिरिक्त आम्दानीलाई उपयोग गरी कालिका माविले गुणस्तरमा समेत नमूना प्रस्तुत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले आफ्नो छोराको विवाहको भोज खर्च कटाएर सो रकम आयोजनालाई दिई त्यसको शेयर सदस्यता विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले गर्न चाहेमा सामुदायिक विद्यालयले स्रोत जुटाउन र शैक्षिकस्तर बढाउन सक्ने उदाहरण सामुदायिक विद्यालयले दिन थालेको बताए । यसले गर्दा क्रमशः सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको छ ।

बुटवलमा लुम्बिनी ह्याचरी प्रालिका सञ्चालक रहेका गलामीले छोरा मनोज गलामीको गत वर्ष भएको विवाहमा तडकभडक खर्च नगरी आफू ६ वर्षदेखि अध्यक्ष रहेको विद्यालयमा रु ११ लाख रकम सहयोग गरेका छन् । सोमध्ये करिब तीन लाख रुपैयाँ विद्यालयको अक्षयकोष र बाँकी जलविद्युत्मा लगानी गरिएको हो ।

१४ मेघावटको सो आयोजनाले उत्पादन शुरु गरेपछि आउने नाफा गरिब र जेहेन्दार विद्यालयलाई पढाउन तथा अन्य काममा प्रयोग गर्ने प्रधानाध्यापक होम पाठकले बताए । “हाइड्रोमा गरिएको लगानीको इच्छापत्र अध्यक्षबाट विद्यालयलाई प्राप्त भएको छ,” उनले भने, “विद्यालय व्यवस्थापनलाई थप उत्साहित बनाएको छ ।” उ

विद्यालयले विभिन्न सटरबाट पनि मासिक रु दुई लाख ५० हजार आम्दानी गर्दै आएको छ । सटरको आम्दानीबाट विज्ञान प्रयोगशाला सञ्चालित छ । हुने खानेका छोराछोरी निजी विद्यालयमा पढ्न थालेका कारण सामुदायिक विद्यालयमा विद्यार्थी घटेको र राजनीतिक हस्तक्षेपका कारण सामुदायिक विद्यालय अस्तव्यस्त भएको आलोचना भइरहेका बेला कालिका माविले मुलुकभरकै सम्भवतः बढी विद्यार्थी हुने विद्यालयको दर्जामा रहेको छ । सो विद्यालयमा हाल चार हजार ३६८ विद्यार्थी र १८३ शिक्षक छन् ।

कतिपय निजी विद्यालयको तुलनामा शैक्षिकस्तरमा प्रायःसामुदायिक विद्यालय पछाडि परेको पाइएपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पढाउने, प्रयोगशाला विस्तार गर्ने, निजी स्रोतमा शिक्षक राख्ने तथा मेहनत गरेर गुणस्तर सुधारमा लागेका छन् ।

सरकारले माविसम्म निःशुल्क पढाउनुपर्ने व्यवस्था गरेको तर कालिका माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकबाट मासिक रु ३०० देखि ६०० सम्म सहयोग शुल्क उठाएर विद्यालय चलाएको छ । विद्यालयले शैक्षिक सुधारका लागि ब्रिटिश काउन्सिल, नेपालस्थित भारतीय दूतावासलगायत निकायबाट पनि सहयोग लिइरहेको छ । रासस

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।