७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग्गा प्राप्तिसंगै स्वास्थ्य चाैकी भवन निर्माण थालिने

लेखक स्थानीय खबर १४ पुस २०७४, शुक्रबार १ मिनेट पढाइ

१४ पुस, बैतडी ।
बैतडीको सुर्नया गाउँपालिका ५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । सुर्नया ५ को दीपखाली बस्ने ध्वजबहादुर बिष्टका छोरा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान गरेका छन् ।

लामो समयदेखि स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई भइरहेका बेला जग्गा प्राप्त भएपछि अब स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुने वडा नं ५ का वडाध्यक्ष केशवसिंह मडैले जानकारी दिए ।

जग्गादाता बिष्ट परिवारलाई वडा कार्यालयका तर्फबाट धन्यवादसमेत ज्ञापन गरिएको छ । बिष्ट परिवारले स्वाथ्यचौकीका नाममा जग्गा नामसारी गरिसकेको जनाइएको छ । उक्त जमिनमा अब स्वास्थ्य चौकी भवन निर्माण कार्य थालिने भएको छ ।

यसअघि पनि बैतडीका अधिकांश स्वास्थ्य चौकीका भवन निर्माणका लागि यहाँका स्थानीय बासिन्दाले जग्गादान गरेका छन् ।
रासस

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।