५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल–चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा

लेखक स्थानीय खबर २१ मंसिर २०७४, बिहिबार २ मिनेट पढाइ

२१ मंसिर, खोटाङ ।
मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको र सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुंगा फोर्ने लगायतका काम पनि तीव्रगतिमा अगाडि बढाइएको छ ।

करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको सडक आयोजनाका इञ्जिनियर युवराज पाण्डेले जानकारी दिए । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने जनाइएको छ ।

सडकखण्डमा पर्ने कालीखोला, पङ्खुखोला र लप्सेखोलामा निर्माण गरिने पुलको समेत सम्झौता भएर काम अगाडि बढेको जनाइएको छ । कालोपत्रेको काम शुरु भएसँगै मध्य पहाडी लोकमार्गले छोएका दिक्तेल, नेर्पा, च्यानडाँडा र निर्मलीडाँडाका स्थानीयवासीले गाउँमै रोजगारीसमेत पाएका छन् ।

धुलाम्मे तथा हिलाम्मे सडक कालोपत्रे हुनुका साथै सडक आसपासका कामदारले गाउँमै रोजगार पाएपछि हर्षित समेत भएका छन् । सडक आसपासमा घरजग्गा पर्ने स्थानीयलाई मुआब्जा समेत वितरण गरिसकिएको जनाइएको छ ।

यसअघि, गत वर्ष कालोपत्रेको काम शुरु गर्नासाथ आसपासका जग्गा धनीले मुआब्जा माग गर्दै केहीदिन निर्माण कार्य अवरुद्ध पारेका थिए । स्थानीयको अवरोधपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय भेलाले मुआब्जा दिलाउन भौतिक योजना तथा व्यवस्था मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेपछि कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढेको हो ।

सडक निर्माणको क्रममा सडकसँगै काटिएको आफ्नो घरजग्गाको मुआब्जा उपलब्ध गराउन माग गर्दै जग्गाधनी दिनदिनै प्रशासन धाउने गरेका थिए । सडकको बीच भागदेखि ३१/३१ मिटर दाँयाबाँया बाटो छाड्नुपर्ने सडक विभागले बताएपछि आफूहरुले आन्दोलन शुरु गरेको जग्गा धनीहरुले बताएका थिए ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।