७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा कांग्रेसको स्पष्ट बहुमत आउँछः संयोजक खाँण

लेखक स्थानीय खबर १७ मंसिर २०७४, आइतबार १ मिनेट पढाइ

१७ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्नका लागि जनताले कांग्रेसलाई बहुमत दिलाउने बताएको हो ।

सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एकढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले कांग्रेसको स्पष्ट बहुमत आउने बताए । “दोस्रो चरणमा हुन लागेको १२८ प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस ७० स्थानमा अगाडि छ”– उनले भने ।

उनले शान्ति, स्थिरता र लोकतान्त्रिक शासन व्यवस्था कांग्रेसको प्रमुख लक्ष्य भएकाले यसलाई बलियो बनाउनका लागि पनि जनताले कांग्रेसलाई विश्वास गर्ने बताए ।

संविधानमा भएका मूलभूत कुरालाई उल्टाउने तथा एकदलीय शासन व्यवस्था लागू गर्ने मनसायका साथ वाम गठबन्धन भएको भन्दै संयोजक खाँणले बहुदलीय व्यवस्थाको रक्षा र राष्ट्रियताको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए ।

संयोजक खाँणले २१ गते निर्वाचन हुन लागेका सबै जिल्लाका सबै मतदानस्थलमा पार्टीले स्वयंसेवक खटाइसकेको जानकारी दिदै निर्वाचनमा खटिएका प्रतिनिधि, स्वयंसेवक, कर्मचारीको सुरक्षाका लागि सरकारसंग माग गरे ।

उनले कांग्रेसको सरकारका पालामा मुलुकले पूर्वाधार विकासमा ठूलो फड्को मारेको भन्दै संविधान कार्यान्वयन र आर्थिक विकास कांग्रेसबाट सम्भव भएको स्पष्ट पारे ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।