माघ ९, काभ्रेपलाञ्चोक । करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ । मंगलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नगरपालिकाको नाम परिवर्तन प्रस्ताव पास गरेको बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नगरपालिकाको साविक नाममा नगरकोट थपिएको…