७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेको मण्डन देउपुर नगरपालिकाको नाम परिवर्तन



माघ ९, काभ्रेपलाञ्चोक । करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ ।

मंगलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नगरपालिकाको नाम परिवर्तन प्रस्ताव पास गरेको बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नगरपालिकाको साविक नाममा नगरकोट थपिएको नगरप्रमुख टोकबहादुर तामाङले बताए ।

नगरप्रमुख तामाङले भने, “नगरकोटका ७५ प्रतिशत होटल हाम्रो क्षेत्राधिकारभित्र पर्दछ, यसकारण पनि नामकरण गर्ने माग भएअनुसार नगरकोट थप्यौँ ।” उनका अनुसार नगरपालिका घोषणापछि तत्कालीन दलीय संयन्त्रले लामो समयको विवादकाबीच नगरपालिकाको नाम मण्डन देउपुर नगरपालिका राखिएको थियो ।

“नगरपालिकाको नयाँ नाम पारित भयो, अनुमति माग्न प्रदेश र केन्द्रीय सरकारसँग अनुमति मागिसकेका छौँ,” नगरप्रमुख तामाङले भने । काभ्रेपलाञ्चोकमा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।

यस नगरपालिकासँग नगरकोटमा भक्तपुरको चाँगुनारायण नगरपालिका जोडिएको छ । व्यावहारिकरुपमा नगरकोट ‘पानीढलो’ सीमाङ्कन भन्दै आइएको छ । नयाँ नामाङ्कित नगरपालिका नगरकोट मण्डनदेउपुर नगरपालिकाले प्रदेश नं ३ सरकारसँग नगरकोट तथा सिन्धुपाल्चोकसँग जोडिएको इन्द्रवती नदीको सीमाङ्कन गरिदिन आग्रह गरेको छ ।

नगरसभाले करको दायरा पनि बढाएको सम्मेलनमा जानकारी दिइयो । नगरपालिकाको सभाले करको दायरामा क्रसर उद्योग दर्ता तथा नवीकरणमा ११ लाख, इँटा उद्योग दर्ता तथा नवीकरणमा आठ लाख, ढुङ्गा खानी दर्ता तथा नवीकरणमा सात लाख, बालुवा खानी दर्ता तथा नवीकरणमा पाँच लाख शुल्क लाग्ने पारित गरेको छ । नयाँ नामाङ्कित नगरपालिका नगरकोट मण्डनदेउपुर नगरपालिकाभित्र दर्ता एवं सञ्चालित होटलको कर सङ्कलन गर्न विभिन्न वर्गमा राखेर वर्गीकरण गर्न कार्यदल पनि गठन गरेको छ ।

नगरसभाले माथिल्लो तामाकोशी आयोजनाको ४०० केभी प्रसारण लाइन नपाको घटाबस्तीमाथि रहेकाले रुट परितर्वत गर्न मेलम्ची आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टीबापत ५० प्रतिशत रकम जनसङ्ख्याका आधारमा नपा तथा गाउँपालिकालाई उपलब्ध गराउन सम्बन्धित निकायमा मागगर्नेलगायत १६ वटा प्रस्ताव पास गरेको छ । रासस

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार ००:००