माघ ६, गलेश्वर । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका दुई घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ । बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन गरी बेनी बजारको क्याम्पस चोकलाई…