३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा ३८ उजुरी



माघ १०, रत्ननगर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् । तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताइन् ।

“न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि प्रयास गर्ने गरेका छौँ,” उनले भनिन्, “ती वडाले मुद्दा मिलाउन नसके मेलमिलाप केन्द्रमा छलफल भएको पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् ।

न्यायिक समितिमा परेका ३८ मध्ये ३२ उजुरी समाधान गरिएको र बाँकी रहेका छ उजुरी पनि प्रक्रियामा रहेको उल्लेख गर्दै नगर उपप्रमुख कँडेलले नगरवासीलाई छिटो र छरितो न्याय दिन नगरपालिका सक्षम भएको बताइन् । न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकांश मुद्दा साँध सिमाना, श्रीमान्–श्रीमतीबीच बेमेल, सासु–बुहारीबीच झगडा, बाबु–छोराबीच झगडा लगायत रहेको उनको भनाइ थियो ।

अठार वडा रहेको गैँडाकोट नगरपालिकामा पहिले ३० मेलमिलापकर्ता रहेकामा हाल ६० थप्दै ९० जना पु¥याइएको, मेलमिलापकर्ता धेरै भएकाले पनि न्याय सम्पादन छिटोछरितो हुने गरेको र यहाँ परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक कँडेलले बताइन् ।

मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जीतको अनभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरिएको उनले जानकारी दिइन् । रासस

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार ००:००