१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगर र जापानको योकोसु नगरबीच भगिनी सम्बन्ध कायम हुने



माघ ८, चितवन । जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई आज भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ ।

महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो । जापानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरीले जापानको समृद्ध शहरले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न आवश्यक प्रक्रिया पूरा गरी छिट्टै योकोसु नगरलाई जानकारी दिइने बताइन् ।

कार्यक्रममा जापानी प्रतिनिधिमण्डलका प्रमुख योचिमी योटिकाका अनुसार योकोसु नगर भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको भन्दै अवलोकनपछि जापान गएर आवश्यक प्रक्रिया पूरा गरी छिट्टै दुई पक्षीय सम्झौता गरिने छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भगिनी सम्बन्ध कायम गर्न ‘एमओयू’ तयारीका लागि आएको जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई महानगरपालिकाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सांसद कृष्णभक्त पाखरेलले जापान सरकारले नेपालको विकासमा ठूलो योगदान पु¥याएको बताउँदै भगिनी सम्बन्ध विस्तारले दुई नगरवासीबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताए ।

ओमिची योटुकाको नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डल भरतपुर महानगरपालिकाको मुख्य पर्यटकीय केन्द्र मेघौली, पटिहानी क्षेत्रको अवलोकन गरी बुधबार काठमाडौं फर्कनेछ । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००