१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकाः मुहान संरक्षण गर्न रिचार्ज पोखरी



माघ ८, खोटाङ । पानीको मुहान संरक्षणका लागि खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले छ वटा ‘रिचार्ज’ पोखरी निर्माण गरेको छ । जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि वडा नम्बर १ फेदीमा पाँच र वडा नम्बर ३ दिप्सुङमा एउटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

वर्षाको पानीबाट हुने जमीन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षण गर्न आर्थिक वर्ष २०७४÷ ०७५ मा विनियोजित रकमबाट रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । “अहिले अधिकांश पानीको मुहान सुकिसकेका छन् ।” उनले भने, “सुक्दै गएको पानीको मुहान संरक्षण र प्रत्येक नागरिकलाई सहजरुपमा स्वच्छ पानी उपलब्ध गराउन हामी लागि परेका छौँ ।”

पर्यायवरण संरक्षणका लागि फेदीमा एउटाको २० हजार र दिप्सुङमा ४० हजारको लागतमा रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पानीको मुहानको शिरमा वर्षाको पानी जमाउने र जमीनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने दाबी गरिएको छ । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००