काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनका क्रममा आउन सक्ने चुनौतीको निरुपणसहितको योजना बनाएर काम गर्न अनुगमनमा खटिने टोली प्रमुखलाई निर्देशन दिएका छन् ।
आगामी असार १४ गते हुने दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा मुलुकका ४३ जिल्लाका ४ सय ६१ स्थानीय तहमा खटिएका अनुगमन टोली प्रमुखसँगको अन्तरक्रियामा उनले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई कायम राखेर निर्भिक, अठोट र सुझबुझका साथ काम गर्न सुझाव दिए ।
यादवले आगामी असार २ गते उम्मेदवारी दर्तासँगै निर्वाचनका बारेमा उठेका सबैखाले शङ्का स्वतः निवारण हुने बताए । अनुगमन टोली प्रमुखका रुपमा निर्वाचन आयोगले दुई सचिवसहित ४३ जना सहसचिवलाई आजबाट जिल्लामा खटाएको छ । रासस
प्रतिक्रिया