२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आचार संहिताविपरित सरकारी सवारी साधन दुरुपयोग गरि निर्वाचनमा भाग लिएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सरकारी विद्यालय परिसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा देवले भाग लिएका थिए । आयोगले ‘आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनु पर्ने हो ?’ भनी मन्त्री देवसँग…