सुरेश झा र अरुण यादव राजविराज (सप्तरी), ३० साउन । सप्तरी जिल्लामा विगत ६ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् । बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी…