फलेवास— पर्वत, १३ भदौ । पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिकाभित्र आयात गर्दा कर लिने व्यवस्था गरिएको…