९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधी अनियमिततामा मुछिन थाले, नखनेको सडकलाई २३ लाख भुक्तानी दिन सिफारिस



हेमन्त केसी

जाजरकोट, २१ साउन । जिल्ला समन्वय समिति जाजरकोटले त्रिवेणी नलगाड नगरपालिका– ११ का जनप्रतिनिधीहरूलाई स्पष्टीकरण लिइएको छ । वडाध्यक्षसहित चारजना सदस्यले कामै नभएको कामको पनि काम भएको भनेर रकम भुक्तानीका लागि सिफारिस गरेपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।

नगरपालिकाको वडानं. ११ को चौखादेखि १० रजिकसम्म जोड्ने चौखारजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकमा कुनै काम नभए पनि काम गरेको भनी जनप्रतिनिधिले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले रु २३ लाख भुक्तानी गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभए पनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानबिन थाल्दा यस्तो तथ्य फेला परेको छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जीतबहादुर मल्ल र सदस्य भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री बानियाँ, विष्णुकमारी नेपाली र बिर्खबहादुर बानियाँले वडा कार्यालयको लेटरप्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार ३०० मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानीय विकास अधिकारीलाई सिफारिस गरेका थिए ।

कामै नभए पनि नक्कली बिल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव सुष्मा विसी र कोषाध्यक्ष जयकुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नबित्दै वडाका सबै पदाधिकारी स्पष्टिकरणमा परेका छन् ।

घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिइसकेको चेकसमेत कार्यालयले थुतेर रद्द गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । रासस

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार ००:००