भोजपुर, २३ भदौ । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै ट्याम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँसभाले सडकमा पाँच करोड ९ लाख सत्तरी हजार, विद्युत्मा एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा…