५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिकाको बजेट ५९ करोड २९ लाख




रमेश गिरी

भक्तपुर, ११ भदौ ।

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ५९ करोड २९ लाख ६० हजार ९६४ को आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

नगर प्रमुख सोम मिश्रले नगरपालिकाको कूल बजेटमा आन्तरिक आयतर्फ करबापत ९२ लाख ८५ हजार, सेवा शुल्कबापत एक करोड ५२ लाख ५० हजार, विभिन्न दस्तुरबाट दुई करोड ४० लाख, बिक्रीबाट १५ लाख, अन्य आयबाट ३५ लाख गरी आन्तरिक आयतर्फ कूल चार करोड २८ लाख ५८ हजार २५५ आम्दानी गर्ने लक्ष्य लिएको बताए ।

त्यसैगरी बाह्य स्रोततर्फ ४२ करोड ७७ लाख ३१ हजार, सामाजिक सुरक्षा भत्तातर्फ नौ करोड र अन्यतर्फ दुई करोड १६ लाख ९४ हजार ९६४ गरी ५९ करोड २९ लाख ६० हजार ९६४ खर्च हुने उनले जानकारी दिए ।

नगरपालिकाले खर्चतर्फ कार्यालय खर्च ६ करोड १२ लाख ४५ हजार, सामाजिक सुरक्षा भत्तातर्फ ९ लाख, कूल चालु खर्चतर्फ १५ करोड १२ लाख ४५ हजार र कूल पुँजीगत खर्चतर्फ ४४ करोड १७ लाख १५ हजार ९ सय ६४ गरी कूल ५९ करोड २९ लाख ६० हजार ९ सय ६४ खर्च हुने अनुमान गरिएको छ ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार ००:००